मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च, प्रतिमतदाता २८४ रुपैयाँ

Author Image
शुक्रवार, चैत ६, २०८२

झापा। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको निर्वाचन आयोग ले जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वसमेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड पुगेको जानकारी दिए।

उनका अनुसार औसतमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ। “हामीले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ,” उनले भने।’

सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिएको थियो।