मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

बीसीएए र भुटानीज अमेरिकन प्रिमियर कपको सहकार्यमा भव्य वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

Author Image
शुक्रवार, असार २६, २०८३

अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा आगामी जुलाई १८, २०२६ मा भुटानीज कम्युनिटी एसोसिएसन अफ एक्रोन (BCAA) र भुटानीज अमेरिकन प्रिमियर कप (BAPC) को सहकार्यमा भव्य वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

भुटानीज कम्युनिटी एसोसिएसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनालका अनुसार, राजाबाबु एफसीद्वारा सञ्चालित भुटानीज अमेरिकन प्रिमियर कप फुटबल प्रतियोगिताको दोस्रो दिन आयोजना हुने यस कार्यक्रमले नेपाली–भुटानी समुदायलाई संगीत, संस्कृति र पारिवारिक भेटघाटको विशेष अवसर प्रदान गर्नेछ।

कार्यक्रमको अध्यक्षता डा. नरेश लाउतीले गर्नेछन्। साथै, अमेरिकी कंग्रेस सदस्य एमिलिया साइक्स, एक्रोन सिटीका डिस्ट्रिक्ट–१३ का प्रतिनिधि तथा स्थानीय मेयरहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रम कोप्ले सकर कम्प्लेक्स, १८०६ कप्ली रोड, एक्रोन, ओहायो मा दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालन हुनेछ। दर्शकको सुविधालाई ध्यानमा राख्दै आधुनिक स्टेज र उत्कृष्ट साउन्ड सिस्टमको व्यवस्था गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोकगायक भगवान भण्डारीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। साथै, नेपाली चलचित्र संगीतका लोकप्रिय प्लेब्याक गायक युवराज चाम्लागाईं विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। अमेरिकी कानुन तथा सम्बन्धित नियमहरूको पालना हुने अवस्थामा आयोजकको विशेष अनुरोधमा उहाँले एक गीत प्रस्तुत गर्न सक्ने सम्भावना पनि रहेको छ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य मनोरञ्जनसँगै नेपाली–भुटानी समुदायबीच एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउनु हो।

स्रोत: भुटानीज न्युज।