
पाँचथरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसहित विभिन्न नेताहरूलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरी भिडियो बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो।
प्रहरीका अनुसार फेसबुक, इन्स्टाग्राम र ‘Hades’ नामक युट्युब च्यानलमार्फत उनले आपत्तिजनक सामग्री तयार गरी सार्वजनिक गरेको आरोप छ।
साइबर अपराध सम्बन्धी कसूरमा पक्राउ परेका उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिएका छन्।
हाल उनलाई थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।
