
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली लाई सफल शल्यक्रियापछि सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ।
त्रिवि शिक्षण अस्पताल मा सोमबार गरिएको शल्यक्रियामार्फत उनको पित्तथैलीबाट २२ एमएमको ढुंगा निकालिएको अस्पताल स्रोतले जनाएको छ। शल्यक्रियापछि स्वास्थ्य अवस्थाको नजिकबाट निगरानी गर्न उनलाई आइसियुमा सारिएको हो।
उपचारमा नेफ्रोलोजी विभागका प्रमुख प्राडा दिव्यासिंह शाह र प्राडा महेशराज सिग्देलको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोली संलग्न रहेको थियो। साथै, एनेस्थेसियोलोजी र आइसियुका चिकित्सकहरूले समेत उपचार प्रक्रियामा सक्रिय भूमिका निभाइरहेका छन्।
चैत १४ गते अस्पताल भर्ना भएका ओलीको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जनाइएको छ।
