
सरकारले सरकारी कर्मचारीहरूको तलब प्रणालीमा ऐतिहासिक परिवर्तन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णयअनुसार अबदेखि तलब र भत्ता महिनामा दुई पटकः१५-१५ दिनको अन्तरालमा दिइने भएको छ।
पहिले महिनाको अन्त्यमा एकमुष्ट तलब दिइँदै आएको थियो। तर कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापन सहज बनाउन र आर्थिक दबाब घटाउन यो नयाँ व्यवस्था ल्याइएको हो।
अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। यो प्रणालीले बजारमा नगद प्रवाह बढ्ने र आर्थिक गतिविधि चलायमान हुने सरकारको विश्वास छ।

