मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

पूर्णबहादुर खड्काको सरकारलाई चेतावनी

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्ववियु खारेज गर्ने सरकारी तयारीलाई अधिनायकवादी कदम बताएका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभासपूर्ण र अस्वीकार्य रहेको उल्लेख गरे। लोकतान्त्रिक स्वतन्त्रताकै आधारमा युवा नेतृत्व स्थापित भएको सरकारले त्यही आधार कमजोर बनाउन खोजेको उनको आरोप छ।

खड्काले सुधारको नाममा इतिहासको अपमान गर्ने र लोकतन्त्रको आधारस्तम्भ भत्काउने काम रोक्न सरकारलाई आग्रह गरेका छन्।

विद्यार्थी शक्ति पुनः सडकमा उत्रन बाध्य भए त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी पनि उनले दिएका छन्।

सरकारले विद्यालय तथा विश्वविद्यालय परिसरमा दलनिकट विद्यार्थी संगठन नराख्ने र स्ववियुको सट्टा विद्यार्थी काउन्सिल बनाउने तयारी गरेको छ।

यस्तो छ विज्ञप्ति-