मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

Author Image
शुक्रवार, वैशाख ११, २०८३

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।

सिआइबीका एआइजी मनोज कुमार केसीका अनुसार पाण्डेलाई शुक्रबार साँझ पक्राउ गरिएको हो। प्रहरीले उनीमाथि ठेक्का प्रक्रियामा डकुमेन्ट परिवर्तन गरेको तथा ई-बिडिङ वेबसाइट ह्याक गरेर अनियमितता गरेको आरोप लगाएको छ।

पूर्वमन्त्री पाण्डे कालिका कन्स्ट्रक्सनका मालिकसमेत हुन्। अनुसन्धानका क्रममा ठेक्का पाउने क्रममा कागजात हेरफेर गरिएको तथ्य फेला परेको प्रहरीको दाबी छ।

यसअघि राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा उनी त्यसबेला ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।