मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

पथरी शनिश्चरे शिविर शोकमा : सचिव करण राईकी धर्मपत्नी मञ्जरी राईको निधन

Author Image
बुधवार, वैशाख १६, २०८३

पथरी शनिश्चरे शिविरका सचिव करण राईकी धर्मपत्नी मञ्जरी राईको असामयिक निधन भएको छ। उहाँको निधनले परिवार, आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको छ।

जानकारी अनुसार मञ्जरी राईको उच्च रक्तचापका कारण उहाँको २०८३ वैशाख १५ गते निधन भएको हो।

स्व. राई सरल, ममतामयी तथा आत्मीय स्वभावकी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको सामाजिक व्यवहार र मिलनसार स्वभावका कारण स्थानीय क्षेत्रमा उहाँप्रति गहिरो सम्मान र आत्मीयता रहेको थियो।

किरात धार्मिक परम्परा अनुसार उहाँको अन्तिम संस्कार गरिएको छ। सो क्रममा परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको थियो ।