मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

प्रधानन्यायाधीश शर्माको सिफारिसमा विवाद, दुई सदस्यको असहमति

Author Image
बिहिवार, वैशाख २४, २०८३

काठमाडौँ। प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिस गर्ने निर्णयमा संवैधानिक परिषदका दुई सदस्यले असहमति जनाएका छन्।

राष्ट्रियसभा अध्यक्ष तथा परिषद सदस्य नारायण दाहाल र सदस्य भीष्मराज आङदाबेले निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्दै फरक मत राखेका हुन्।

दाहालका अनुसार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने स्थापित अभ्यास र परम्परा तोडिएको भन्दै उनीहरूले असहमति जनाएका हुन्। उनले चौथो वरियताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको निर्णयमा सहमत हुन नसकेको बताए।

संवैधानिक परिषदको निर्णयसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया भने अब थप राजनीतिक तथा कानुनी बहसको विषय बन्ने देखिएको छ।