मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

किममाथि हमला भए स्वतः आणविक हमला गर्ने उत्तर कोरियाको व्यवस्था

Author Image
सोमवार, वैशाख २८, २०८३

North Korea ले आफ्ना सर्वोच्च नेता Kim Jong Un माथि हत्या वा विदेशी आक्रमणको अवस्था आए स्वतः आणविक हमला गर्ने व्यवस्था संविधानमै समावेश गरेको जनाएको छ।

संशोधित संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च नेतामाथि आक्रमण भए सैन्य बलले तत्काल प्रतिशोधस्वरूप आणविक प्रहार गर्न सक्ने उल्लेख गरिएको छ। यस कदमलाई उत्तर कोरियाले आफ्नो सुरक्षा रणनीतिलाई अझ कडा बनाउने प्रयासका रूपमा हेरिएको छ।