मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

नेपाली बजारमा भित्रिँदै ‘उबर’, ट्याक्सीमान्डूसँग रणनीतिक साझेदारी

Author Image
बुधवार, जेठ ६, २०८३

विश्वप्रसिद्ध राइड–सेयरिङ कम्पनी Uber ले नेपालमा सञ्चालनको तयारी थालेको छ। यसका लागि नेपाली राइड–सेयरिङ कम्पनी Taximandu सँग रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ।

ट्याक्सीमान्डूका प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीका अनुसार हाल चालक दर्ता प्रक्रिया तथा प्रविधि परीक्षणको काम भइरहेको छ।

उनले भने, “उबरसँग रणनीतिक साझेदारी सम्झौता भइसकेको छ। अहिले चालक दर्ता र प्रविधि परीक्षणको चरणमा छौं।”

यसअन्तर्गत योग्य ट्याक्सी तथा मोटरसाइकल चालकहरूले उबर चालक खाताका लागि दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। चालकहरूले खाता सक्रियता तथा दर्ताका लागि ९७००००४४०८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै ट्याक्सीमान्डूको कार्यालयमा पुगेर पनि प्रत्यक्ष रूपमा दर्ता प्रक्रिया पूरा गर्न सकिने जनाइएको छ।

उबर र ट्याक्सीमान्डूबीचको यो सहकार्यले नेपालमा राइड–सेयरिङ तथा डिजिटल यातायात सेवाको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।