मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

अब बिजुली गाडीमा मूल्यअनुसार कति लाग्छ कर?

Author Image
सोमवार, जेठ १८, २०८३

सरकारले आर्थिक विधेयक संशोधन गर्दै २० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय (EV) गाडीमा सडक मर्मत दस्तुर घटाएको छ। यसअघि प्रस्ताव गरिएको ५ प्रतिशत सडक दस्तुरलाई घटाएर २.५ प्रतिशत कायम गरिएको हो।

यसअघि विद्युतीय गाडीमा कर निर्धारण मुख्यतः ब्याट्रीको किलोवाट क्षमताका आधारमा गरिन्थ्यो। तर, नयाँ व्यवस्थाअनुसार अब गाडीको आयात मूल्य (Customs Value) का आधारमा कर निर्धारण हुनेछ।

२० लाख रुपैयाँभन्दा कम मूल्यका गाडी

  • भन्सार शुल्क : २०%
  • स्वच्छ पूर्वाधार शुल्क : २.५%
  • सडक मर्मत दस्तुर : २.५%
  • भ्याट : १३%

२० लाखदेखि ३० लाख रुपैयाँसम्म

  • भन्सार शुल्क : २०%
  • स्वच्छ पूर्वाधार शुल्क : २०%
  • सडक मर्मत दस्तुर : ५%
  • भ्याट : १३%

३० लाखदेखि ४० लाख रुपैयाँसम्म

  • भन्सार शुल्क : २०%
  • स्वच्छ पूर्वाधार शुल्क : ३५%
  • सडक मर्मत दस्तुर : ५%
  • भ्याट : १३%

४० लाखदेखि ५० लाख रुपैयाँसम्म

  • भन्सार शुल्क : २०%
  • स्वच्छ पूर्वाधार शुल्क : ९०%
  • सडक मर्मत दस्तुर : ५%
  • भ्याट : १३%

५० लाख रुपैयाँभन्दा माथि

  • भन्सार शुल्क : २०%
  • स्वच्छ पूर्वाधार शुल्क : १३०%
  • सडक मर्मत दस्तुर : ५%
  • भ्याट : १३%

सरकारले सस्तो विद्युतीय गाडी प्रयोगकर्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले २० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा सडक मर्मत दस्तुर घटाएको जनाएको छ। तर, महँगा विद्युतीय गाडीमा भने स्वच्छ पूर्वाधार शुल्क उल्लेख्य रूपमा बढाइएको छ।