मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

भुटानी समुदायका विद्यार्थीको रकेट प्रोजेक्ट सफल, २१९ फिटसम्म उड्यो

Author Image
सोमवार, जेठ १८, २०८३

सिराक्युज । Museum of Science & Technology (MOST) मा आयोजित यस वर्षको Rockets STEM Challenge कार्यक्रममा पाँचौँ कक्षाका विद्यार्थीहरूले तयार पारेका रकेट परियोजनाहरू सफलतापूर्वक प्रदर्शन गरिएको छ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले निर्माण गरेका रकेटहरू २१९ फिटसम्म आकाशमा प्रक्षेपण गरिएको थियो। सहभागीहरूले रकेट विज्ञान तथा एरोस्पेस प्रणालीका आधारभूत ज्ञानसँगै व्यावहारिक प्रयोग गर्ने अवसर पाएका थिए।

आयोजक संस्थाले यो कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) प्रतिको रुचि बढाउनुका साथै आत्मविश्वास, टिमवर्क र समस्या समाधान क्षमता विकास गर्न सहयोग पुगेको जनाएको छ।

कार्यक्रम सफल बनाउन अभिभावकहरूको निरन्तर सहयोग, प्रोत्साहन तथा सहभागिताले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

विद्यार्थीहरूलाई रकेट डिजाइन तथा निर्माणमा मार्गदर्शन गर्ने प्रसन्न गौतम को योगदानलाई विशेष रूपमा प्रशंसा गरिएको छ।

त्यस्तै, सिराक्युजमा रहेका भुटानी समुदायका युवा, शिक्षा तथा आईटी निर्देशक हेम अधिकारी ले नेतृत्व गरेको यो पहलले नयाँ पुस्तालाई STEM शिक्षा र नवप्रवर्तनतर्फ प्रेरित गरेको बताइएको छ।

आयोजकहरूले यो कार्यक्रमले विद्यार्थीहरूलाई ठूला सपना देख्न र विज्ञान–प्रविधिको क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिएको उल्लेख गरेका छन्।