मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सरकारले साईबर अपराधमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छः पद्मा अर्याल

Author Image
मङ्गलवार, चैत २४, २०८२

प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । 


मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उहाँले सो माग गर्नुभएको हो । साईवर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो घटनामा संलग्नमाथि कारबाही गर्न दवाव दिँदै आफूहरुले नेपाल प्रहरीको साईवर व्युरोमा उजुरी दिनुपरेको पनि स्पष्ट पार्नुभयो । 

सचिव अर्यालले साईवर अपराधमा संलग्नहरु कारबाहीको दायरामा ल्याउन सकिने मात्रै त्यस्ता खालको अपराध नियन्त्रण गर्न सकिने भएकाले सरकारले सो काममा विशेष ध्यान दिनुपर्ने पनि बताउनु भयो ।