मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश

Author Image
बिहिवार, चैत ५, २०८२

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । 


बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो । समारोहमा निर्वाचन आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी आयोगका सचिव कृष्णबहादुर राउत लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र संवद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।