मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

“कमाइ पाप होइन, भ्रष्टाचार पाप हो”, गृहमन्त्री गुरुङको कडा सन्देश

Author Image
सोमवार, चैत ३०, २०८२

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि चुलिएको बहसबीच गृहमन्त्री सुधन गुरुङ ले स्पष्ट सन्देश दिएका छन् । सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्ति ‘पाप’ होइन।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विशेषगरी सुन चाँदीजस्ता गरगहनाको विषयलाई लिएर आलोचना बढिरहेको छ। यही आलोचनाको बीचमा गुरुङले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत धारणा सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्: “तिमी जन्मिंदा गरिब हुनु तिम्रो गल्ती होइन, तर मर्दा गरिब हुनु तिम्रो गल्ती हो।”

साथै उनले जोड दिएका छन्: सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाएको सम्पत्ति स्वीकार्य हो, तर पदमा पुगेपछि भ्रष्टाचार गरेर कमाउनु नै वास्तविक ‘पाप’ हो।

ह्यासट्यागमा ‘चेतना भया’ लेख्दै उनले समाजमा फैलिएको आलोचनाप्रति अप्रत्यक्ष जवाफ दिएका छन्।

अहिले बहसको केन्द्र यही छः
धनको स्रोत कति पारदर्शी छ?
र जनप्रतिनिधिले जनताप्रति कति उत्तरदायी व्यवहार देखाउँछन्?

अब प्रश्न फेरि तपाईंमाथिः
के गुरुङको यो भनाइ यथार्थपरक लाग्छ, कि जनभावना विपरीत?