मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सभामुखको गाडीमै चिट !

Author Image
बुधवार, वैशाख २, २०८३

सभामुख डीपी अर्याल सवार गाडीलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले चिट काटेको छ। थापाथली क्षेत्रमा लेन मिचेर अघि बढेको सभामुखको गाडीलाई पछ्याउँदै ट्राफिक प्रहरी सिंहदरबार पुगेर कारबाही गरेको हो।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीनवटा सवारी साधनलाई समेत चिट काटिएको जनाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार नियम उल्लंघन गर्ने जोसुकै भए पनि कानुन सबैका लागि समान रूपमा लागू हुने भन्दै कारबाही गरिएको हो।

सिंहदरबारभित्र पुगेर उच्च पदस्थ व्यक्तिको गाडीमाथि कारबाही गरिएको यो घटनाले ट्राफिक नियम कार्यान्वयनमा कडाइ सुरु भएको संकेत दिएको छ। प्रहरीले लेन अनुशासन तोड्ने तथा विशेष पहुँचका नाममा नियम मिच्ने प्रवृत्तिविरुद्ध सख्त कदम चाल्ने सन्देश दिएको छ।