
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृतलाई गैरकानुनी अभ्यास गरेको आरोपमा जिम्मेवारीबाट हटाइएको छ।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार कानुन र विभागीय निर्णयविपरीत कार्य गरेपछि उनीहरूलाई कार्यालयबाट हटाइएको हो।
ती अधिकृतहरूले युएई जान लागेका नेपाली नागरिकको प्रस्थान छापसँगै ‘रोजगार निषेध, भ्रमण मिति सन् २०२६/६/१० सम्म’ भन्ने टिप्पणी लेखेको आरोप लागेको छ।
यस विषयमा विभागले छानबिन समिति गठन गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
विभागले स्पष्ट पारेको छ कि नेपाली नागरिकलाई कुनै शर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय अध्यागमन प्रशासनमा छैन।

