मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सुडानी ड्राेन आक्रमणमा चाडमा १७ जनाको ज्यान गयो

Author Image
बिहिवार, चैत ५, २०८२

मध्य अफ्रिकी देश चाडमा सुडानी ड्रोन आक्रमणमा परि १७ जनाको ज्यान गएको छ । चाडको सीमावर्ती शहर टिन जागराबामा सुडानले ड्रोन आक्रमण गरेको सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गासिम चेरिफ महामतलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सरकारका प्रवक्ताले आक्रमणमा अन्य मानिसहरू घाइते भएका बताए पनि सङ्ख्या सार्वजनिक भएको छैन ।

यसैबीच चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले सुडानी ड्रोन आक्रमणपछि आपत्कालीन सुरक्षा बैठक बोलाएर दुई देशबीचको सीमालाई पूर्णरूपमा बन्द गर्ने आदेश दिनुभएको खबरमा उल्लेख छ । यस्तै उहाँले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिनुभएको छ ।

चाड र सुडानबीचको १ हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरूबीचको लडाइँपछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वमा फसेको छ ।