मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

चीनको प्री-६जी परीक्षण सुरू

Author Image
सोमवार, वैशाख १४, २०८३

चीनले दूरसञ्चार प्रविधिमा नयाँ इतिहास रच्दै नानजिङमा देशकै पहिलो ‘प्री-६जी’ नेटवर्क परीक्षण सुरू गरेको छ। केही दिनअघि सुरू गरिएको यो नेटवर्क हाल प्रयोगमा रहेको ५जीभन्दा करिब १० गुणा बढी तीव्र भएको बताइएको छ।

चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नेटवर्कको आधारभूत संरचनामै एकीकृत गरेकाले यसको गति, क्षमता र दक्षता उल्लेखनीय रूपमा बढेको दाबी गरिएको छ। यसले भविष्यमा स्मार्ट सिटी, स्वचालित सवारी, रोबोटिक्स, उद्योग र डिजिटल सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

चीनले सन् २०२९ सम्म ६जी सेवा व्यावसायिक रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै अन्तरिक्ष र जमिनबीचको सञ्चार सञ्जाल मजबुत बनाउन नयाँ इन्टरनेट स्याटलाइटहरू पनि प्रक्षेपण गरेको छ।

यस कदमसँगै चीन विश्व प्रविधि प्रतिस्पर्धामा अझ अगाडि बढ्ने संकेत देखिएको छ।