
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गतेका लागि आह्वान गरेका छन्। बैठक सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्ने तय गरिएको छ।
सरकारले आजै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सोही अनुसार अधिवेशन आह्वान गरिएको हो।

