
वर्षौँदेखि विस्थापनको त्रासमा जीवन बिताइरहेका ऐलानी जग्गाबासी र भूमिहीन नागरिकका लागि सरकारले ठूलो राहतको घोषणा गरेको छ।
सरकारले अब देशभर रहेका ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई आगामी १ वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी अघि बढाएको जनाएको छ।
यो योजनासँगै लामो समयदेखि अस्थायी रूपमा बसोबास गर्दै आएका लाखौँ नागरिकले कानुनी रूपमा आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्ने आशा बढेको छ।
लालपुर्जा वितरण प्रक्रिया पूरा भएपछि नागरिकले आफ्नो घर-जग्गामाथि कानुनी अधिकार पाउनेछन् भने विस्थापनको डरबाट पनि मुक्त हुने अपेक्षा गरिएको छ।
सरकारको यो कदमलाई भूमिहीन तथा सुकुम्बासी समुदायका लागि ऐतिहासिक निर्णयका रूपमा हेरिएको छ।
