मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

प्रधानमन्त्रीको प्रश्नोत्तर माग्दै संसदमा विपक्षीको विरोध

Author Image
बिहिवार, जेठ ७, २०८३

प्रतिपक्षी दलहरूको विरोधका बीच डिपी अर्याल ले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्। बिहीबार विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह लाई संसदमा उपस्थित गराई प्रश्नोत्तर गर्न माग गर्दै बैठक अवरुद्ध गरेका हुन्।

विरोधका क्रममा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनुपर्ने माग गरेका थिए।

अवरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरी प्रधानमन्त्री शाहसँग छलफल गरेका थिए। सभामुखले नियमावलीको बाध्यात्मक व्यवस्था उल्लेख गर्दै अर्को साताको कुनै दिन संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन आग्रह गरेका थिए।

तर प्रधानमन्त्री शाहले तत्काल वा आगामी साताका लागि समय दिन अस्वीकार गर्दै “उपयुक्त समयमा आएर जवाफ दिने” प्रतिक्रिया दिएको जानकारी एक सांसदले दिएका छन्।

सभामुखले प्रधानमन्त्रीसँग भएको कुराकानीबारे कार्य व्यवस्था परामर्श समितिमा जानकारी गराएका थिए। समितिमा विभिन्न दलका प्रमुख सचेतक, सचेतक तथा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्रीले प्रश्नोत्तरका लागि समय नदिएपछि विपक्षी सांसदहरूले संसदको वेल घेराउ गर्दै विरोध जारी राखेका थिए।