मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

भुटानी शरणार्थी र स्थानीय युवाका लागि संयुक्त व्यवसाय कार्यक्रम घोषणा

Author Image
शुक्रवार, जेठ ८, २०८३

The Lutheran World Federation (LWF) नेपालले UNHCR सँगको सहकार्यमा भुटानी शरणार्थी तथा स्थानीय समुदायका युवालाई लक्षित गर्दै संयुक्त लगानीमा व्यवसाय सञ्चालन कार्यक्रम घोषणा गरेको छ।

कार्यक्रमअन्तर्गत झापा र मोरङ जिल्लाका ४० वर्षमुनिका भुटानी शरणार्थी युवा र स्थानीय समुदायका युवाले साझेदारीमा व्यवसाय सञ्चालन गर्न सक्नेछन्। छनोट भएका संयुक्त व्यवसायलाई अधिकतम ६ लाख ७५ हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइने जनाइएको छ।

LWF नेपालका अनुसार कार्यक्रमको उद्देश्य युवाहरूलाई स्वरोजगार, आर्थिक सशक्तिकरण तथा सामाजिक सहकार्यतर्फ प्रोत्साहित गर्नु हो। प्रस्तावित व्यवसाय व्यवहारिक, बजारमुखी तथा दिगो हुनुपर्ने व्यवस्था गरिएको छ। साथै कुल लगानीको कम्तीमा १० प्रतिशत रकम स्वयं लगानी गर्नुपर्ने उल्लेख गरिएको छ।

आवेदनका लागि विस्तृत व्यवसाय योजना, शरणार्थी परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा साझेदारी समझदारी पत्र (MoU) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

आवेदन दिने अन्तिम मिति २०८३ असार ३ गते तोकिएको छ। इच्छुक युवाहरूले बेलडाँगी, शनिश्चरे र दमकस्थित LWF कार्यालयमा आवेदन बुझाउन सक्नेछन्।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९८१९३६७०२४ र ९८४२९१९७३० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।