
राष्ट्रिय मानवअधिकार आयोग ले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदनका निर्णय तथा सिफारिस सार्वजनिक गरेको छ।
गत २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनबारे आयोगले विशेष अध्ययन गरेको थियो। लिली थापा को संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन आयोगलाई बुझाएको थियो।
आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार आयोगको २०८३ जेठ १२ गते बसेको बैठकले प्रतिवेदनमाथि निर्णय तथा सिफारिस गर्दै कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई पत्राचार गरेको छ।
आयोगले घटनासम्बन्धी विस्तृत निर्णय र सिफारिससमेत सार्वजनिक गरेको जनाएको छ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनको पूर्ण पाठ –
