मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ, सामाजिक सञ्जालको भिडियो बन्यो प्रमाण

Author Image
सोमवार, जेठ २५, २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्वमेयर हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

सामाजिक सञ्जालमा आफैंले सार्वजनिक गरेको भिडियोका आधारमा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको हो। भिडियोमा ट्राफिक नियम उल्लंघन गर्दै लापरबाहीपूर्ण ढंगले सवारी चलाएको देखिएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सवारी चालकले सार्वजनिक सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने भए पनि साम्पाङले त्यसको उल्लंघन गरेको देखिएको थियो।

हर्क साम्पाङ गत जेठ २२ गते उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनको हातमा चोट लागेको थियो।

दुर्घटनासम्बन्धी भिडियो तथा तस्बिरहरू उनले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। सोही भिडियोको अध्ययनपछि ट्राफिक प्रहरीले आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

सार्वजनिक व्यक्तित्व भएकाले ट्राफिक नियम पालना र सडक सुरक्षाबारे अझ जिम्मेवार हुनुपर्ने चर्चा भइरहेका बेला साम्पाङमाथिको यो कारबाहीले सामाजिक सञ्जालमा समेत बहस सिर्जना गरेको छ।