मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

Author Image
मङ्गलवार, असार ९, २०८३

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेल लाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत ले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले पौडेललाई नियन्त्रणमा लिएपछि जरूरी पक्राउ पुर्जी स्वीकृतिका साथै अनुसन्धानका लागि हिरासत म्याद थप गर्न अदालतसमक्ष अनुरोध गरेको थियो।

विभागको सोही अनुरोधका आधारमा विशेष अदालतले जरूरी पक्राउ पुर्जी स्वीकृत गर्दै पहिलो चरणमा ७ दिनको हिरासत म्याद थप गरेको हो।

अदालतको आदेशपछि पौडेललाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन न्यायिक हिरासतमा पठाइएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ।

पौडेलमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विषयवस्तु भने हालसम्म सार्वजनिक गरिएको छैन। अनुसन्धान जारी रहेकाले थप विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।