मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सिनसिनाटीमा १३औं बीएनसीए सम्मेलनको तेस्रो दिन सम्पन्न, चौथो प्रवचनसँगै १४औं सम्मेलनको घोषणा

Author Image
आइतवार, असार २१, २०८३

सिनसिनाटी, ओहायो

ओहायोको सिनसिनाटीमा जारी १३औं बीएनसीए (BNCA) सम्मेलन २०२६ को तेस्रो तथा अन्तिम दिन शनिबार विविध आध्यात्मिक, सम्मान र औपचारिक कार्यक्रमसहित सम्पन्न भएको छ। बिहानको प्रार्थनादेखि समापन आशिष् र धन्यवादसम्मका सत्रहरूले सम्मेलनलाई उत्साहपूर्ण र आत्मिक वातावरणमा टुंग्याएको हो।

कार्यक्रम तालिकाअनुसार शनिबार बिहान ९ बजेदेखि ११:३० बजेसम्म पा. याम गजमेरको उद्घाटन प्रार्थनासँगै कार्यकारी बोर्डको फोटो सेसन सम्पन्न भएको थियो। त्यसपछि ११:३० देखि १२:१० बजेसम्म NBNC Team ले Praise & Worship प्रस्तुत गरेको थियो।

दिउँसो १२:३० देखि १:३० बजेसम्मको मुख्य सत्रमा न्यू दिल्लीबाट आउनुभएका पा. स्टीवन राईको प्रार्थनापछि श्रीमती डेकी टियालाले सम्मेलनको चौथो प्रवचन दिनुभएको थियो। अन्तिम प्रवचनसँगै सहभागीहरूलाई आत्मिक प्रेरणा, विश्वास र समुदायिक एकताको सन्देश दिइएको थियो।

त्यस अवसरमा बीएनसीएका उपाध्यक्ष नरमाया तामाङ र जङ मंगरले श्रीमती डेकी टियालालाई कदरपत्र प्रदान गर्दै सम्मानसमेत व्यक्त गरेका थिए।

समापन सत्रमा मिसन सूका अध्यक्ष पास्टर स्याम गौतमले “मिसन सूको उद्देश्य र कार्यक्षेत्र” बारे जानकारी गराउनुभएको थियो। त्यसैगरी कार्यकारी बोर्डको तर्फबाट मन्तव्य दिँदै सहयोगीदाताहरूलाई विशेष सम्मानका साथ खादा र प्रमाणपत्र प्रदान गरिएको थियो। अध्यक्ष सान राई र पास्टर सिलास थापा मगरले धन्यवाद व्यक्त गर्नुभएको थियो।

BNCAका मिसन भिजनसम्बन्धी पास्टर मेगी गुरूङले नेपाली भाषी विश्वासीहरूमा फैलिँदै गएको सेवाकार्य र परमेश्वरको महिमाबारे जानकारी गराउनुभएको थियो। बीएनसीए युवाका अध्यक्ष पुर्ण विश्वाले युवाहरूलाई सम्मान गर्नुभएको थियो।

बीएनसीए स्कॉलरशिपअन्तर्गत अमेरिका र क्यानडाबाट दुई जनालाई ५०० डलरका दरले सम्मान गरिएको थियो। अप्साना दर्जी (Faith Center Church), दिया विश्वा (New Hope Church) र सम्झना विश्वा (Hopewell Nepali Church) तर्फबाट प्रतिनिधित्व गरिएको थियो भने क्यानडाबाट साजन न्यौपानेलाई पनि बीएनसीए स्कॉलरशिपमार्फत सम्मान गरिएको थियो।

नेपालबाट अशिष दर्जी, मनिस घले गुरूङ, निया कार्की परियार, सरिता क्षेष्टा, सुमन क्षेष्टा, तारा ब. चाम्राकार र तोपजङ घर्ति मगरलगायतलाई सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी बीएनसीए काउन्सिलका पदाधिकारीले पास्टर टेक गुरूङ, पास्टर रॉयल राई, पास्टर विशेष लिम्बु, पास्टर कुमार स्यानचुरी, पास्टर मधु शिवा, पास्टर लाजरस राई, पास्टर राजमान राई, पास्टर जोतिका राई, पास्टर भक्त दर्जी, पास्टर लासङ घिसिङ, पास्टर राज तामाङ, पास्टर राजन गजमेर, पास्टर अरूण तामाङ र पास्टर आमोस मोथेलगायत अन्य पास्टरहरूलाई लाइसन वितरण गरेका थिए।

बीएनसीए एजुकेशन बोर्डका अध्यक्ष रेभ. अशोक घिमिरेले २०२५ मा विभिन्न कलेजबाट ग्रेजुएशन गरेका सबैलाई सम्मान गर्नुभएको थियो। साथै कार्यकारी बोर्डको तर्फबाट विभिन्न चर्चका पास्टरहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरी स्वागत गरिएको थियो।

समापन सत्रमा पा. फिलिप थापाको समापन प्रार्थन र रेभ. अब्राहम सिन्चुरीको आशिषको प्रार्थन पश्चात् लंच र औपचारिक डिसमिसल मार्फत सम्मेलनको तेस्रो दिन र समग्र १३औं BNCA Summit सफलतापूर्वक टुंगिएको जानकारी आयोजकहरूले दिएका छन्।

सम्मेलनको समापन सन्देशमा १४औं बीएनसीए शिखर सम्मेलन २०२७आगामी वर्ष युनाइटेड चर्च अफ ओमाहा, नेब्रास्काले जुलाई १–३, २०२७मा सञ्चालन गर्ने जिम्मा लिएको उल्लेख गरिएको छ, जसले आगामी वर्षको सम्मेलनप्रति उत्साह र निरन्तरताको स्पष्ट संकेत गरेको छ।

Sources: Arjun Pradhan (FB)
(प्रस्तुत जानकारी आयोजक BNCA-Youth,Bhutanese-Nepalese Churches of America र Joel Tamu, Abraham Kailash Tirwaबाट संकलित)