मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेख्ने जिम्मा बादल र शंकर पोखरेललाई

Author Image
बिहिवार, असार २५, २०८३

नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलले देशभरबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल लाई दिएको छ।

कार्यदलको बिहीबार बसेको बैठकमा महासचिव पोखरेलले देशभरका १३ स्थानबाट संकलित सुझावबारे जानकारी गराएका थिए। तयार हुने प्रतिवेदन कार्यदलमा पेश गरिने, त्यसपछि सचिवालय हुँदै केन्द्रीय कमिटीमा लगिने एमालेले जनाएको छ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली ले पार्टीभित्र वैचारिक, राजनीतिक र संगठनात्मक एकतालाई बलियो बनाउँदै शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पुनर्गठन योजना तयार गर्न आग्रह गरेका थिए।

यसैबीच, सुझाव संकलन अभियानकै क्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल लाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै कार्यदल बैठकले उक्त घटनाको निन्दा तथा भर्त्सना गरेको छ।