७, भदौ, झापा । एउटै मञ्च, एउटै भावना, एउटै भुटानी समुदाय भन्ने नाराका साथ भुटानी वार्षिक साधारण सभा २०२६ सम्पन्न हुने भएको छ । अमेरिकाको ओमाहा, नेब्रास्कामा
सेप्टेम्बर ११, १२ र १३ मा अमेरिकामा रहेर विश्वभर काम गरिरहेका पाँचवटा भूटानी संँस्थाहरु ग्लोबल भूटनिज अर्गनाइजेसन (GBO), भूटनिज अमेरिकन म्युजिक एसोसिएसन (BAMA), ग्लोबल फाउन्डेसन अफ अमेरिका (GFA), ग्लोबल भूटनिज लिटरेरी अर्गनाइजेसन (GBLO), भूटनिज कम्युनिटी अफ नेब्रास्का(BCN) को संयुक्त आयोजनामा सम्पन्न हुने भएको हो ।
कार्यक्रममा खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि, गायन प्रतियोगिता,नृत्य, व्यावसायिक तथा सामुदायिक स्टल, साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् भने विभिन्न नयाँ तथा स्थापित प्रतिभाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने, विभिन्न व्यक्ति तथा संस्थाहरुले सेवा र गतिविधि प्रदर्शन गर्ने अवसरको रूपमा प्रस्तुत हुने यस कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा विश्वका विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण भुटानी दाजुभाइ, दिदीबहिनी, युवा, अभिभावक, कलाकार, व्यवसायी तथा समुदायका सदस्यहरूलाई आयोजक संस्थाहरूले संयुक्तरूपमा भुटानी वार्षिक साधारण सभा २०२६ मा उपस्थितिका लागि आह्वान गरेको छ ।
