बिर्तामोडमा आजदेखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु

झापा, १८ चैत :   बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । चैत २३ गतेसम्म हुने प्रतियोगितामा झापा […]

प्रधानमन्त्री ओलीद्वारा पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेकपा (एकीकृत समाजवादी) को […]

भूकम्प प्रभावित म्यानमारमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा

म्यानमारको सत्तारूढ सैन्य सरकारले देशमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । म्यानमारमा आउँदो अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गरिएको र यस अवधिमा झण्डा आधा झुकाइने बीबीसीले जनाएको छ । म्यानमारमा गएको शुक्रवार आएको भूकम्पका कारण एक हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) की […]

विशेषविचारराजनीतिसमाजखेलमनोरञ्जनअर्थउज्यालो टिभी देश परदेशरेडियो कार्यक्रमकलासडक र सवारीविश्व समाज पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू

काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो । अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि हप्तामा एउटा चार्टर्ड उडान गरिरहेको छ । तर हिमालय एअरलाइन्सले भने नियमित उडान थालेको हो । पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एक […]

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा राहुलको शव भेटिएको […]

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताउनुभएको छ । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताउनु भयो । उहाँले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग […]

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो । आईतवार नै प्रहरीले म्याद थपका […]

गोमेन्द्रको २९ औँ वार्षिकोत्सवः फुटबलर गुरुङलाई सम्मान

बिर्तामोड, चैत १७ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रामदर्शन गुरुङलाई बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले ‘गोमेन्द्र सम्मान’ प्रदान गरेको छ । झापा बिर्तामोडस्थित सैनिकबजारका गुरुङलाई महाविद्यालयले २९ औँ वार्षिकोत्सवका अवसरमा नगद २१ हजार १२१ रुपैयाँसहित सम्मान गरिएको हो । राष्ट्रिय स्तरसम्म नाम कमाउने धेरै झापाली फुटबल खेलाडी जन्माएका गुरुङ झापाको सैनिक बजारलाई फुटबलको उद्गमभूमिका रूपमा […]

म्यानमाको क्लिनिकमा हवाई आक्रमण, चिकित्सकसहित ११ को मृत्यु

म्यानमाको जुन्ताले दुर्गम गाउँको एक मेडिकल क्लिनिकमा गरेको हवाई आक्रमणमा एक चिकित्सक र उनकी पत्नीसहित ११ जनाको मृत्यु भएको स्थानीयवासीहरूले बताएका छन् । सन् २०२१ को सैन्य कू ले म्यानमालाई जुन्ता, कू–विरोधी गुरिल्लाहरू र जातीय सशस्त्र समूहहरूबीच घातक गतिरोधमा फसेको यस दक्षिण पूर्वी एसियाली देशमा विभाजित गृहयुद्धमा धकेलेको छ । स्थानीयवासीहरूले शनिबार बिहानको हवाई आक्रमण […]

कुलमानको रिट ‘हेर्न नमिल्ने

काठमाडौँ, १७ चैतःनेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट निवेदन ‘हेर्न नमिल्ने’ भएको छ। आज रिट सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो।