बिर्तामोड। जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानद्वारा पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान २०८१ को तयारी गरिएको छ।

IMG_1637

आगामी वैशाख २० गते शनिवार  धुलावारी निवासी यामप्रसाद भण्डारी र भद्रपुर निवासी दिव्य भूर्तेललाई   पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान  गरिने जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए।

9999999

सम्मानित ब्यक्तित्व भण्डारी र भूर्तेलले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाले उनीहरूलाई सम्मान गरिने अध्यक्ष बस्नेतले बताए।

एक लाख एक हजार एक सय एघार रूपैयाँ राशीको पुरस्कार दुई जनालाई बाँडिने उनले बताए। उक्त पुरस्कार आफ्ना वुवाआमा टुङ्गवहादुर बस्नेत र पूर्णकुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानले सञ्चालन गरेको एक करोड रूपैयाँको  अक्षयकोषको व्याजबाट प्रदान गरिने उनको भनाई छ।

8

गतवर्ष  हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिएको अध्यक्ष बस्नेतले बताए।   कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन्।