बिर्तामाेड । सशस्त्र प्रहरीले पक्राउ गरेर डिभिजन बन कार्यालय बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारी भएकाे छ । झापाकाे कनकाई नगरपालिकाबाट गएराती ट्याक्टरसहित पक्राउ परेकाे अन्दाजी १८० क्यु फिट गाेलिया ईलाका बन कार्यालयले आइतबार छाेड्ने जनाएकाे छ ।
सशस्त्र प्रहरीकाे टाेलीले गएराती अन्दाजी साढे १० बजे कनकाईमा ढुवानी गरिरहेकाे समयमा ३२ वटा चिलाउने जातकाे गाेलिया लाेड गरेकाे मे १ त ४९४७ नम्बरकाे ट्याक्टर नियन्त्रणमा लिएकाे थियाे । अन्दाजी १८० क्यु फिट काठ लाेड गरेकाे अवस्थामा सशस्त्र प्रहरीले ट्याक्टर चालक र सहचालकलाई समेत नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
सशस्त्र प्रहरी झापाका प्रवक्ता डिएसपी सुमन पाेखरेलले बिल बिजक नभएकाे काठ बरामद गरेर ईलाका बन कार्यालयलाई बुझाएकाे बताए । उनले ढुवानी गर्ने स्थानसमेत नखुलेका कारण गैरकानुनी रुपमा ढुवानी भइरहेकाले आवश्यक कारवाहीका लागि वन कार्यालयकाे जिम्मा लगाएकाे जानकारी दिए ।
ईलाका बन कार्यालय कनकाईका प्रमुख सुरेस खनालले सशस्त्र प्रहरीले बरामद गरेकाे काठ बैधानिक भएकाे दावी गरेका छन् । ‘उहाँहरुले के आधारमा त्याे काठ नियन्त्रणमा लिनुभयाे, हामीले बुझेका छैनाै, खनालले भने-‘नियमानुसार टाँचा हानेकाे छ, विल बिजक छ, झापा लाने भनेर ढुवानीकाे अनुमति पनि लिएकाे छ । भाेली आइतबार कार्यालय खुलेपछि हामी त्याे काठ धनीलाई जिम्मा लगाउँछाैं ।’