द लिटरेरी सोसाइटी अफ भुटान(एल.एस.बी) ले आफ्नो चौथो बार्षिक उत्सव भव्यताकासाथ मनाएको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर, बेलडाँगीमा मई २ तारिक शुक्रबार आफ्नो स्थापना दिवशको अवसर पारेर एल.एस.बी चौथो बार्षिक उत्सव मनाएको हो । ‘देशसँग साहित्य’ नारा लिएर सन् २०२१ मा स्थापना भएको यस संस्थाले हरेक वर्ष आफ्नो स्थापना दिवश मनाउँदै आएको छ । भाषा, साहित्य र कलाको विकास साथै प्रवर्ध्दनमा सकृया रूपले लागिरहेको एल.एस.बीले स्थापना कालदेखी नै विभिन्न साहित्यिक तथा साँङ्गितिक कार्यक्रम आयोजना गर्दै आएको छ । शुक्रबार आयोजित कार्यक्रममा साहित्यकार, कलाकार, शरणार्थी बुध्दिजिविको बाक्लो उपस्थीती रहेको थियो । संस्थाका अध्यक्ष श्री तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुटान पिपल्स पार्टीका अध्यक्ष एवं लेखक तथा साहित्यकार श्री बलाराम पौड्यल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल प्रज्ञा-प्रतस्ठानका श्री सुमित्रा बाङ्देल ‘चेली’, भुटानी शरणार्थी व्यवस्थापन समितिका सचिव श्री सञ्चहाङ सुब्बा, साहित्यकार श्री याम थुलुङ, साङ्सेन पान्धोक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा भुटानी समुदायका प्राध्यपक, कृषी वैज्ञानिक तथा भुटानी साहित्य आकाशको नक्षत्र स्व. डा. गोविन्द रिजालको स्म्मान तथा सम्झानामा एक मिनेट मौन धारण गरिएको थियो । प्रमुख अतिथी श्री बलाराम पौड्यलले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा शरणार्थी प्रतिभा गनेस धमाल, भरत मगर, साराङ्गा लिम्बु र सुधन लिम्बुले साङ्गतिक प्रस्तुती दिनु भएको थियो । यसैगरी भु.पु शिविर सचिव चिरनजीवि खालिङ, एल.एस.बी का कोषाध्यक्ष थिरू घिमिरे ‘विकल्प’ , ओम सापकोटा, केवल क्षत्री र साङ्सेन पान्धोकले साहित्यिक रचना सुनाउनु भएको थियो ।

कार्यक्रममा सुमित्रा बाङ्देल ‘चेलीले महिलाहरूलाई जोखिम उठान र साहित्यिक यात्रामा अग्रसर हुन प्रेरित गर्नु भएको छ । चेलीले एल.एस.बी द्वारा सञ्चालित पुस्तकालयलाई एक सय थान पुस्तक पनि प्रदान गर्नु भएको थियो । यसैगरी आफ्नो शुभकमना मन्तव्यको क्रममा सचिव सञ्चहाङ सुब्बा एल.एस.बी द्वारा सञ्चालित पुस्तकालय शरणार्थी शिविरको इज्जत रहेको बताउनु भयो । संस्थाले अहिलेसम्म गरेको कार्यको प्रशंसा गर्दै सुब्बाले आगामी दिनमा अझ राम्रो गर्न संस्थालाई शुभकामना दिनु भयो । कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष दिल भुटानीले आफ्ना भनाईहरू राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहनु भएका बलाराम पौड्यलले भुटानी साहित्यिक इतिहासमा lsbको महत्वपुर्ण स्थान रहने उल्लेख गर्नु भयो । कार्यक्रमा एल.एस.बि द्वारा प्रकाशित वार्षिक साहित्यिक पत्रिका दियालोको चौथो अङ्कको सार्वजनिक गरिएको थियो भने सेजल एण्ड सिस्टर फाउण्डेसनलाई संस्था गर्दै आएको सहयोगको उच्च मुल्यङ्कनलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।