बिर्तामोड। नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा साहित्य,संगीत तथा कलाका सर्जक देवीभक्त श्रेष्ठ चयन भएका छन्।

नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंले उनलाई नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा मनोनित गरेको हो।

पर्यटन प्रबर्द्धन लगायतका बिभिन्न व्यवसायमा पाँच दशकबढी  निरन्तर सेवा दिन सफल बिर्तामोड निवासी श्रेष्ठ साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष हुन्।

नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको प्रथम उपाध्यक्ष दिनेशराज शर्मा, द्वितिय उपाध्यक्ष हिम्मत नेम्बाङ,तृतिय उपाध्यक्ष टंक बिकल्प रहेका छन्।

त्यस्तै महासचिव दिलिप घिमिरे,  सचिव तुलसीप्रसाद  निरौला ,  सहसचिव  याम खरेल, कोषाध्यक्ष चित्रा पौड्याल,

सहकोषाध्यक्ष कल्पना भट्टराई रहेका छन्।

त्यस्तै सदस्यहरूमा भानुभक्त कुभेण्डेली, शान्ता  पौड्याल, भक्त खपाङ्गी, सरोज वत्स, सृष्टी आचार्य, अमन गुप्ता, देवेन्द्र रिमाल, जीना अधिकारी रहेका छन्।

त्यस्तै सल्लाहकार संयोजकमा अनिरूद्र ओली रहेका छन् भने सल्लाहकारहरूमा सुमित्रा बाङ्देल चेली, कोमल निरौला, देवीप्रसाद गौतम, विनोद खनाल, कृष्ण पौड्याल, जीवनाथ सुवेदी, सरोजा खड्गी, हस्त परियार, राजेन्द्रप्रसाद संग्रौला, शिव अधिकारी ईलामे जेठो, खगेश्वर भट्टराई, जमुना खरेल रहेका छन्।

त्यस्तै अन्तर्राष्ट्रिय भारत वर्ष सल्लाहकारहरूमा शान्ती ठटाल,जीवन अधिकारी,मुक्ति  बराल उपाध्याय  र देवीलाल प्रधान डीएल रहेका छन्।

यसैबीच नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंले नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयोजनमा आगामी वैशाख २७ गते शनिवार नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव बिषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।

कनकाई नगरपालिकाको सहकार्यमा साहित्य चौतारी र होटल हिकोला हेरिटेजको समन्वयमा हुने उक्त कार्यक्रममा पर्यटन प्रवर्द्धनको श्रीबृद्दीमा सम्बन्धित विभिन्न विधाका व्यक्तित्वको सहभागिता रहने र स्थानीय संस्कृतिमा नेपाली चलचित्रको प्रभाव, गाउँदेखि राष्ट्रियस्तरसम्म चलचित्रको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।

उक्त दिन चलचित्र र पर्यटन प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान पुर्याउने दिग्गज तथा बिज्ञ व्यक्तित्वलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरिने बताइएको छ ।

आगामी वैशाख २७ गते शनिवार हुने कार्यक्रमलाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको छ।

नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ। समितिका सदस्यहरूमा याम खरेल र जीना अधिकारी रहेका छन्।

त्यस्तै अतिथी सत्कार उपसमिति संयोजकमा शान्ता पौड्याल र सदस्यहरूमा कल्पना भट्टराई र जमुना खरेल रहेका छन्।

त्यसैगरी सांस्कृतिक उपसमितिको संयोजकमा अमन गुप्ता र सदस्यहरूमा सरोज वत्स र एनवी दाहाल नविन रहेका छन्।

त्यस्तै सम्मान पत्र र व्यवस्थापन संयोजकमा हरीनारायण भट्टराई र सदस्यहरूमा हिम्मत नेम्बाङ र दिलीप घिमिरे रहेका छन्।

कार्यक्रमलाई सफल बनाउन सवैको सहयोग जरुरी रहेको कोशी प्रदेश अध्यक्ष श्रेष्ठले बताए।

उनले  उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्।