काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा शनिबार साँझ भएको फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो ।

ललितपुरले गत संस्करणमा पनि धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।ललितपुरको जितमा इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । खेलको ४२औँ मिनेटमा ललितपुरले सुरुवाती अग्रता लिएको थियो

मनोज राईले दिएको क्रसलाई इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै ६४ औँ मिनेटमा पोखराका सुदिलले दोस्रो गोल फर्काएका थिए । भने ललितपुरका लागि खेलका ७४ औं मिनेटमा पापाले गोल गर्दै उपाधि दिलाए ।

जितसंगै ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाामा चित्त बुझाएको छ ।