अर्जुन प्रधान , अमेरिका — करातेको अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषी भूटानी करातेको प्रतिनिधित्व गर्दै डुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (DISKA) ले अर्को ऐतिहासिक सफलता हात पारेको छ। अमेरिका स्थित करातेको राष्ट्रिय कार्यालय (USA Karate-NKF) बाट डिस्का डोजो “शीर्ष ५ उत्कृष्ट डोजोहरू” मध्ये एकको रूपमा सम्मानित भएको छ। ४० वटा देश र २६०० खेल्लादी मध्ये डिस्का डोजोलाई शीर्ष ५ उत्कृष्टमा सम्मान गरिएको पत्रमा उन्लेख छ । 

USA कराते अध्यक्ष एलिसा एउ तथा सीईओ माइकल केनको हस्ताक्षर सहितको पत्रमा, हालै नेभाडाको लस भेगासमा सम्पन्न २०२५ को USA ओपन र जुनियर इन्टरनेशनल कप मा डिस्का डोजोको सक्रिय सहभागिता, अनुशासन र खेल भावना को खुलेर प्रशंसा गरिएको छ।

पत्रमा उल्लेख गरिएको छ:

“तपाईंको डोजो शीर्ष ५ डोजोहरूमध्ये पर्दछ। तपाईंको उल्लेखनीय समर्थन र उत्साही टोलीको उपस्थितिले यस प्रतियोगितालाई विशेष बनाएको छ।”

डिस्का डोजोका प्रतिनिधि प्रशिक्षकहरू सेन्सी रन राई र टेक नेपाल लगायत र अनुभावि प्रशिक्षकहरूको नेतृत्वमा गएको टोलीले प्रतियोगितामा मात्र होइन, समग्र व्यवहार, आत्मनिष्ठा र पेशागत प्रतिबद्धतामार्फत अन्तर्राष्ट्रिय कराते मञ्चमा नेपाली भाषी भूटानी परिचयलाई उच्च बनाएका छन्।

अध्यक्ष एलिसाले डिस्काका प्रशिक्षकहरूलाई धन्यवाद दिंदै भनिन्:

“तपाईंको समर्पण, खेलकुद र सहभागिताले हाम्रो खेललाई अझ उचाइमा पु-याउने काम गर्‍यो। हामी तपाईंको निरन्तर संलग्नताका लागि आभारी छौं।”

पत्रमा २०२६ को यूएसए ओपन प्रतियोगिता अप्रिल ३ देखि ५ सम्म फोर्ट वर्थ, टेक्सास मा आयोजना गरिने जानकारी दिँदै, डिस्का डोजोलाई पुनः सहभागी हुन निमन्त्रणा दिइएको छ।

“हामी आशा गर्छौं कि तपाईं फेरि हाम्रो साथ आउनुहुनेछ — प्रतिस्पर्धा र समुदायको अर्को अविस्मरणीय सप्ताहन्तका लागि,” भनिएको छ।

त्यसैगरि सञ्चालक समिति मार्फत संस्थागत समर्थन जनाएको छ ।

यूएसए करातेका संचालक समितिमा रहेका सदस्यहरू साशा गेरिटसन, प्याट हिकी, ब्रायन हिलियर्ड, सफिन कस्तुरी, टम स्कट, टोड मायर्स, माइक डोनाडियो, डा. एन्जल जोन्सन, र सेन्थिल थियागराजनले पनि डिस्का डोजोलाई सम्मान गरेका छन्।

नेपाली भाषी भूटानी करातेको नयाँ अध्यायः- सफलता नै सफलता 

यो अन्तर्राष्ट्रिय मान्यता, न केवल डोजोका लागि, तर सम्पूर्ण नेपाली भाषी भूटानी कराते खेलकुदको लागि प्रेरणाको स्रोत बनेको छ। अमेरिकाको माटोमा उभिएर DISKA ले अनुशासन, मेहनत र समर्पणमार्फत जुन चमक देखायो, त्यसले अब नेपाली  भाषी भूटानी करातेको अन्तर्राष्ट्रिय नक्शामा बलियो रूपमा प्रस्तुत गरिरहेको छ।

ड्रुक इन्टरनेश्नल रितोरियो कराते डो एसोसिएसन (डिस्का) बाट युएस ओपन र जुनियर इन्टरनेश्नल च्याम्पियनसिपमा ३० खेलाडीले भाग लिएका थिए जसमा १० स्वर्ण, ८ रजत र १७ कास्य गरि कुल ३५ पदक जितेका थिए । 

प्रतियोगिता अघल्लो साता लस भेगासमा भएको थियो।

 डुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (DISKA) अन्तर्गत अमेरिकाको कारलयबाट प्रशिक्षक निमा लामाको नेतृत्वमा सहभागी १९ सदस्यीय खेलाडी टोलीले अमेरिका, लस भेगासमा सम्पन्न २०२५ जुनियर इन्टरनेशनल कप (JIC) तथा युएसए ओपन प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेको छ। ४० देशका २६०० भन्दा बढी प्रतिस्पर्धीहरूबीच भूटानी कराते टोलीले कुल ३० पदक (४ स्वर्ण, ७ रजत र १९ कांस्य) जित्दै भूटानको नाम अन्तर्राष्ट्रिय स्तरमा गौरवका साथ अगाडि सारेका छन्।

तीन दिनसम्म चलेको प्रतियोगिता अप्रिल १८ देखि २० सम्म लस भेगासमा सम्पन्न भयो। प्रतियोगितामा डिस्का पिट्सबर्ग डोजोकी रिया बिष्टले इन्टरमिडिएट डिभिजनमा काटामा स्वर्ण र कुमुतेमा रजत जितिन्। त्यस्तै, उनले जूनियर च्याम्पियनसिप मा काता र कुमुते दुवैमा स्वर्ण जितेकी थिइन्।

एसविन सुब्बाले इन्टरमिडिएट कुमुतेमा स्वर्ण जितिन्।

रोजो सुब्बाले काटामा चाँदी, कुमुतेमा कांस्य, तथा JIC मा स्वर्ण जिते।

आयुष सुनारले काटामा स्वर्ण, कुमुतेमा रजत पदक जिते।

बोमी गुरुङले काटा र कुमुते दुवैमा कांस्य जितिन्।

अन्जिला गुरुङले काटामा रजत जितिन्।

स्वप्निल गुरुङले काटामा रजत, कुमुतेमा कांस्य जिते।

रायन मोहराले नोभिस डिभिजनमा कांस्य जिते।

देवेन सुब्बा र दिविशा सुब्बाले काटा र कुमुते दुवैमा कांस्य जिते।

कृष्णा लुइटेलले काटामा कांस्य पदक जिते।

त्यसैगरि, कांस्यको चमक: एञ्जल र अनिशाको उत्कृष्ट प्रदर्शन

•एञ्जलगुरूङ (१२–१३वर्ष) — एडभान्स्डकाटाविधामाप्रतिस्पर्धागर्दै, उनलेआफ्नासमकक्षीहरूबीचउत्कृष्टप्रदर्शनगरीकांस्यपदकजितिन्।उनकोतेज, सन्तुलनरफोकसलेनिर्णायकहरूलाईप्रभावितपार्‍यो।

•अनिशान्यौपाने (१८–३४वर्षमहिलावर्ग) — इन्टरनेशनलकाटाविधामाउनलेप्रदर्शनगर्दैकांस्यपदकप्राप्तगरिन्।वयस्कमहिलाडिभिजनमाउनकोस्पर्धाउच्चस्तरीयथियो, जहाँउनलेआफ्नोकटाक्षयुक्तगतिरशैलीबाटनिर्णायककोमनजितिन्।

डिस्का डोजो अन्तर्गत भर्मन्ट शाखाले पछिल्लो समय निरन्तर सुधार र प्रगति गर्दै आइरहेको छ। प्रशिक्षकहरूको सशक्त तालिम प्रणाली र खेलाडीहरूको अनुशासन तथा प्रतिबद्धताले यी सफलताहरू सम्भव भएका हुन्।

त्यसै गरि, प्रशिक्षक आन्नद सुब्बाका जानकारी अनिसार सुयोग राइ – १ स्वर्ण २ कास्य

प्रिसा दाहाल – १ कांस्य

रिया बिस्ता – 3 स्वर्ण – 1 रजत

देवकर नेपाल–१ स्वर्ण–१ कास्य हात पारेका छन् । 

डिस्काका प्रशिक्षक तथा सचिब राज बरालका अनुसार युएस ओपन र जुनियरबाट गरी डिस्काले कुल २८ पदक ल्याएको छ। प्रशिक्षक बराले थप खुशि थप्दै भने “यो राम्रो प्रयास हो।हाम्रा ३० जना खेलाडीले भाग लिएका थिए, त्यस मध्ये कुल आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक जितेका छन्।’

उनका अनुसार एलिट डिभिजनमा आश गरिएका तीन खेलाडी भने क्वाटर फाइनलमा नै रोकिएको बताए।”

‘कडा प्रतिस्पर्धा भयो, राष्ट्रिय स्तरका खेलाडी सँग हाम्राले यस पटक सकेनन्, तर हामी अब नेश्नल च्याम्पियनसिपमा प्रयास गर्छौं।’ सचिब सेन्सी राज बरालले भने “नेश्नल च्याम्पियनसिपका आगमि जुलाइ ९-१३ सम्म टक्ससमा हुने भएको छ र तयरि अझ मझाले भइरहेको जानकारी छ। “

डिस्का ओपन कराते २०२५ घोषणा: ह्यारिसबर्गमा भव्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने

डिस्का डोजोले आयोजना गर्ने DISKA Open Karate Championship 2025 को आधिकारिक घोषणा हिजो सम्पन्न पत्रकार सम्मेलनमार्फत गरिएको छ। प्रतियोगिता आगामी जुन ८, २०२५ मा Zembo Shrine Auditorium, Harrisburg, PA मा हुनेछ।

यो भव्य प्रतियोगिताको आयोजना डिस्का टुर्नामेन्ट आयोजक समितिको नेतृत्वमा हुनेछ, जसका अध्यक्ष को रूपमा बिश्वनाथ क्षेत्री र टुर्नामेन्ट निर्देशक को रूपमा सोके रन राई रहेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बिश्वनाथ क्षेत्रीले भने:

“डिस्का ओपन २०२५ प्रतियोगिता डिस्का डोजोको निरन्तर अभ्यास र अन्तर्राष्ट्रिय अनुभवलाई प्रस्तुत गर्ने ठूलो मञ्च हुनेछ।”

त्यस्तै, टुर्नामेन्ट निर्देशक सोके रन राईले भने:

“हामी प्रतिस्पर्धीहरूलाई विश्वस्तरीय वातावरणमा प्रतिस्पर्धा गर्ने अवसर दिन चाहन्छौं। खेलाडीहरूको आत्मविश्वास र सीपलाई उजागर गर्न यो सुनौलो अवसर हुनेछ।”

त्यसैगरि , Transamerica Association of Shito-Ryu karate-Do ले पनि यहि जुला १४-१५ मा दोस्रो Open Karate Championship Pennsylvania 2025 गर्ने भएको छ । सेन्सी टि आर राइले सबै विशिष्ट व्यक्तित्वहरू, अधिकारीज्यूहरू, खेलाडीहरू, प्रायोजकहरू, अभिभावकहरू, दर्शकहरू र करातेप्रेमीहरूलाई पहिलो स्टील सिटी कराते च्याम्पियनसिप, PA, २०२५ मा हार्दिक स्वागत गरेरका छन् । 

के अपेक्षा गर्न सकिन्छ?

•विभिन्नउमेरसमूहरस्तरअनुसारकाटारकुमुतेस्पर्धाहरू।

•अमेरिकातथाअन्तर्राष्ट्रियकरातेखेलाडीहरूकोव्यापकसहभागिता।

•उच्चस्तरीयनिर्णायकहरूद्वारान्यायिकमूल्याङ्कन।

•खेलकुद, अनुशासनरअन्तर्राष्ट्रियसम्पर्ककोउत्कृष्टसंयोजन।

यि दुबै ओपन २०२५ ले DISKA र TESK का विगतका उपलब्धिहरूलाई अझ सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषी भूटानी करातेको उज्यालो भविष्य निर्माण गर्ने लक्ष्य Global Bhutanese News ले लिएको छ।