झापा । १९ वर्षमुनिको विश्वकप क्रिकेट एसिया छनोटको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ।

यो खेलमा नेपाल र अफगानिस्तान खेल्दैछन् तल्लो मूलपानी मैदानमा हुने खेल बिहान ९स्३० बजेदेखि सुरु हुनेछ।

यो खेलको विजेता टोलीले जिम्बाब्वे र नामिबियामा अर्को वर्ष हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।

प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीनवटै खेल जितेका छन् । अंकतालिकामा नेट रन रेटका आधारमा नेपालभन्दा अफगानिस्तान अगाडि छ ।

यस्तोमा विश्वकप छनोट हुन नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ ।

यसअघि नेपालले आठपटक १९ वर्षमुनिको विश्व कप खेलिसकेको छ।