राजावादी तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने क्षेत्रमा कर्फ्यू
काठमाण्डाै – काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएकाे उज्यालोलाई जानकारी दिनुभयो । राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका […]