#अन्तर्राष्ट्रिय #राजनीति #समाचार

टर्किएमा हुने युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्किएमा शान्ति वार्ता हुँदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ ।

शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उहँँको नाम सूचीकृत नरहेको रुसको भनाइ छ ।

वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख छ ।

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेट्नु भएको छैन । त्यसैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गर्नुभएको थियो ।

रुससँगको शान्ति वार्ताका लागि टर्किए पुगिसक्नुभएका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि भेट्ने कार्यक्रम छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *