#राजनीति #समाचार

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको छ।  शुक्रबार बिहान खु्मलटारमा बसेको माओवादी पदाधिकारीको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको गतिरोध कायमै राख्ने निर्णय गरेको हो।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भिजिट भिसा प्रकरणमा संलग्न रहेका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय भएको बताए।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका छन्। तर सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन नगर्ने अडान राख्दै आएका छन्।

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *