#अन्तर्राष्ट्रिय #समाचार

जीबीओको ५ औं वार्षिक सम्मेलनको तयारी अन्तिम चरणमा

ग्लोबल भूटानी संगठन जीबीओले यस बर्ष, २०२५को अगस्त ३१को आइतवार, संयुक्त राज्य अमेरिकाको पेनसिल्भेनियाको ह्यारीसबर्ग शहरमा आफ्नो ५ औं वार्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।

कार्यक्रममा ह्यारीसबर्गमा रहेको भूटानी समुदाय, एसियाई शरणार्थी अमेरिकासहितको गठबन्धन, अमेरिकामा रहेको भूटानी किरात राई संगठनको ह्यारीसबर्ग शाखा, ग्रेटर ह्यारीसबर्ग मागर संगठन र अन्य स्थानीय संगठनहरूद्वारा सहजीकरण रहने जनाइएको छ ।
यस कार्यक्रमको प्रायोजन नेओली होम केयर एलएलसी, होमल्याण्ड होम केयर एलएलसी, क्रिएटिभ होम केयर एलएलसीले गरेका छन् ।
कार्यक्रमको अडिटोरियम हलको प्रायोजन ग्लोबल फाउन्डेशन अफ अमेरिकाले गरिरहेको छ भने भूटानी अमेरिकन म्युजिक एसोसिएसन अफ अमेरिकासँग संगीत सहकार्य गरिएको छ ।

यस सम्मेलनको आयोजनाको कार्यलाई नेतृत्व दिन र पूरा गर्न, जीबीओले टि बी राय, तिलक निरौला, र अन््य व्यक्तिहरूद्वारा नेतृत्व गरि राज्य र राष्ट्रिय स्तरमा सम्मेलन कार्यक्रम आयोजक समिति गठन गरिएको छ ।     ग्लोबल भूटानी संगठन जीबीओले बिगत लामो समयदेखि प्रवासमा रहेका भुटानी नागरिकहरुको हक र हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *