#अन्तर्राष्ट्रिय #समाचार

प्रवासी नेपाली मञ्च अमेरिकाको पत्रकार सम्मेलन सम्पन्न : चौथो अधिवेशनको तयारी अन्तिम चरणमा

अर्जुन प्रधान,

अमेरिकामा स्थापित प्रतिष्ठित सामाजिक संस्था प्रवासी नेपाली मञ्च, अमेरिका ओभरसिज नेपाली फोरमले आगामी चौथो राष्ट्रिय अधिवेशनको सन्दर्भमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलन मे १८, २०२५ ९आइतबार० का दिन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा संस्थाको विगत, वर्तमान र आगामी योजनाहरूको समग्र चित्र प्रस्तुत गरियो। सम्मेलनले प्रवासी नेपाली समुदायको हित, अधिकार र सहभागिता सुदृढ बनाउने दिशामा संस्थाको क्रियाशीलताको पुनः पुष्टि गरेको छ।

संस्था स्थापनाको मूल उद्देश्य– अमेरिकी भूमिमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई संगठित गर्दै आपसी सद्भाव, सहकार्य र सांस्कृतिक आत्मसम्मान अभिवृद्धि गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संस्थाले आगामी मे ३१ र जुन १, २०२५ का दिन चौथो अधिवेशन आयोजना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। उद्घाटन कार्यक्रम मे ३१, शनिबार दिउँसो २ बजे सुरु हुने जानकारी दिइएको छ। उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय समिति अध्यक्ष संजय थापाको प्रमुख अतिथि रहने जानकारी छ।

सचिव छवि पाण्डेका अनुसार, अधिवेशनको पहिलो दिन उद्घाटन सत्र, शुभकामना मन्तव्यहरू, कार्यपत्र प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछ। दोस्रो दिन भने संस्थाको सांगठनिक प्रगति प्रतिवेदन, आर्थिक लेखा परीक्षण, तेस्रो अधिवेशनको समिक्षा, नयाँ नेतृत्व चयन तथा आगामी कार्ययोजना तय गरिनेछ।

तेस्रो अधिवेशनपछि संस्थाले १३ सदस्यीय सचिवालय, १७ सदस्यीय सल्लाहकार समिति, ५ सदस्यीय बौद्धिक विभाग र १८ वटा राज्य समिति गठन गरेको थियो। अप्रिल १५, २०२५ सम्म ८६३ जना सदस्यहरूले आफ्नो सदस्यता नवीकरण गरिसकेको जनाइएको छ। सबैभन्दा बढी सदस्य संख्या टेक्सास राज्यमा रहेको पत्रकारहरूलाइ अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताएं ।

संस्थाले प्रवासी नेपालीको हितमा दोहोरो नागरिकता, रेमिटेन्स, नेपालमा लगानी, कर प्रणाली, तथा क्ःब्च्त् ल्च्ल्ब् ःक्ष्क् तालिमजस्ता विषयमा विभिन्न अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भूकम्प तथा कोभिड(१९ महामारीका समयमा संस्थाले पोखरामा अक्सिजन प्लान्ट निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको अध्यक्ष लामिछानेले स्मरण गराए।

त्यस्तै, सन् २०२३ मा जारी केन्टकी घोषणापत्र ९१० बुँदे० र सन् २०२४ को लस एन्जलस घोषणापत्र ९७ बुँदे० मार्फत संस्थाले राष्ट्रियता, युवाको सहभागिता, शिक्षा–स्वास्थ्य सञ्जाल, व्यवसायिक पहल र वंशजका आधारमा नागरिकताको निरन्तरताजस्ता गम्भीर विषयहरू उजागर गर्दै प्रभावकारी नीति संवादलाई अघि बढाएको छ।

अध्यक्ष लामिछानेले अधिवेशनलाई प्रवासी नेपाली समुदायको साझा स्वाभिमान र नेतृत्व विकासको एक उत्कृष्ट अवसर भन्दै यसलाई संस्थाको सुदृढिकरण र विश्वसनीयता अभिवृद्धिको मोड बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, सम्पूर्ण सदस्य, शुभेच्छुक र सञ्चारकर्मीहरूलाई अधिवेशनमा उपस्थित भई ऐतिहासिक निर्णयहरूको साक्षी बन्न हार्दिक आमन्त्रणसमेत व्यक्त गरे।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *