अमेरिकामा ‘मनदेखि मनसम्म’ साहित्यिक तथा सांस्कृतिक श्रृंखला अक्टोबर ११ मा सिन्सिनाटीमा भव्य कार्यक्रम हुने

अमेरिकामा नेपाली साहित्य, कला र संस्कृतिप्रति प्रेम राख्ने समुदायलाई लक्षित गर्दै सन् २०२५ को जनवरीदेखि श्रृंखलाबद्धरूपमा सुरु भएको ‘मनदेखि मनसम्म’ (Spoken Word Poetry Night) कार्यक्रम आगामी अक्टोबर ११ मा विशेष रुपले सिन्सिनाटी, ओहायोमा सम्पन्न हुने भएको छ।
यस पटकको कार्यक्रम जोयस् पार्क इभेन्ट सेन्टर, सिन्सिनाटीमा आयोजना गरिनेछ, जुन स्थानीय समुदायको विशेष निमन्त्रणामा तय गरिएको हो। यसअघि अमेरिकाका विभिन्न शहरहरूमा आयोजना भइसकेको यो श्रृंखलाले निरन्तर नेपाली कला–संस्कृति र साहित्यलाई प्रवद्र्धन गर्दै आएको छ।
आयोजक र महत्व
यसपटकको कार्यक्रम ग्लोबल नेपाली लिटरेरी अर्गनाइजेशन (GBLO) द्वारा आयोजना गरिनेछ। स्थानीय इच्छुक व्यक्तिहरू र संस्थाहरूको सहकार्यमा सञ्चालन हुँदै आएको यस श्रृंखलाले अमेरिका मात्र नभई विश्वभर रहेका नेपाली भाषा, साहित्य तथा संस्कृतिप्रेमीहरूलाई आकर्षित गर्दै आएको छ।
कार्यक्रमका प्रमुख आयोजक तथा जिबिएलओका अध्यक्ष पातलो अन्तरेले जानकारी दिँदै भन्नुभयो,
“यो श्रृंखला युवालाई लक्षित गरिएको कार्यक्रम हो। यसपटक स्थानीय युवा प्रतिभाहरूको बाक्लो उपस्थिति रहनेछ, जसले कार्यक्रमलाई अझ विशेष र प्रेरणादायी बनाउनेछ।”
प्रस्तुत हुने कार्यक्रमहरू
‘मनदेखि मनसम्म’ मा हरेकपटक जस्तै यसपटक पनि गजल, कविता, गीत, र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिनेछन्। कार्यक्रमलाई विशेष बनाउन स्थानीय कवि, कलाकार, गायक–गायिका तथा उदाउँदा युवा प्रतिभाहरूको सक्रिय सहभागिता रहनेछ।
यस किसिमका साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूले नयाँ पुस्तामा सिर्जनशीलता र अभिव्यक्तिको संस्कार बढाउने मात्र होइन, अमेरिकामा रहेका नेपाली समुदायबीच एकता, भाषा–संस्कृतिप्रतिको लगाव र आपसी सम्बन्धलाई मजबुत बनाउन पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
अपेक्षा र प्रभाव
यस पटक सिन्सिनाटीमा आयोजना हुने कार्यक्रमप्रति नेपाली समुदायको उत्साह उच्च रहेको जनाइएको छ। यसले अमेरिका लगायत विश्वभरका नेपाली साहित्यप्रेमीहरूको मन जित्ने र नेपाली भाषिक साहित्यिक आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
‘मनदेखि मनसम्म’ कार्यक्रमलाई निरन्तरता दिँदै, आयोजकहरूले यसलाई विश्व नेपाली साहित्य, कला र संस्कृतिको साझा मंचका रूपमा विकसित गर्ने दीर्घकालीन लक्ष्य लिएका छन्।