#अन्तर्राष्ट्रिय #राजनीति #समाचार

इजरायलको सुरक्षा सुनिश्चित गरे युद्ध अन्त्य गर्ने प्रधानमन्त्री नेतान्याहूको शर्त

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताउनुभएको छ । इजरायली बन्धकहरूको रिहाइ र हमासको आत्मसमर्पण भएमा युद्ध रोक्ने नेतान्याहूको शर्त छ ।

उहाँले हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने अडान पनि लिनुभएको बीबीसीले जनाएको छ ।

यसैबीच गाजामा इजरायली आक्रमण भइरहँदा मानिसहरू हमाससँग आक्रोशित भएका  छन् । हमासको विरोधमा प्यालेस्टिनीहरूले लगातार तेस्रो दिन दक्षिणी गाजाको सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले युद्ध अन्त्य गर्न र गाजाबाट सैन्य समूह हटाउन माग गरिरहेका छन् ।

गाजामा हमासविरुद्ध बोल्नु खतरनाक मानिन्छ । अस्तिदेखि त्यहाँका सञ्चारमाध्यमलाई हमासबारे नकारात्मक खबर दिन निषेध गरिएको खबरमा उल्लेख छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *