#अन्तर्राष्ट्रिय #समाचार

बिजय खड्कालाई अमेरिकाको मोनरो काउन्टीबाट विशेष सम्मान: मे २२ मा ‘बिजय खड्का दिवस’ घोषणा

अर्जुन प्रधान न्यूयोर्क, अमेरिका – नेपाली भाषी भूटानी समाजसेवी बिजय खड्कालाई अमेरिकाको मोनरो काउन्टीले उच्च सम्मानसाथ मे २२ लाई “बिजय खड्का दिवस” घोषणा गर्दै प्रोक्लामेशन (Proclamation) प्रदान गरेको छ।

यो सम्मान एशियन अमेरिकी तथा प्यासिफिक आइल्यान्डर (AAPI) हेरिटेज मन्थ अन्तर्गत प्रदान गरिएको हो। मोनरो काउन्टीका कार्यकारी एडम जे. बेलो (Adam J. Bello) को तर्फबाट प्रदान गरिएको प्रोक्लामेशनमा खड्काको आप्रवासी समुदायप्रतिको योगदान, विशेषगरी भूटानी-नेपाली शरणार्थीहरूको उत्थानमा पुर्याएको भूमिका अत्यन्तै प्रेरणादायी रहेको उल्लेख छ। खड्का किशोरावस्थामा अमेरिका आएका आप्रवासी हुन्, जसले न्युयोर्क राज्यमा स्थायित्व पाएपछि शरणार्थी र आप्रवासी समुदायका लागि समर्पित संस्थाको स्थापना गरे।

बिजय खड्का संस्थापक एवं अध्यक्ष रहेका Refugee and Immigrant Self-Empowerment (RISE) नामक संस्थाले शिक्षा, रोजगारी, समावेशिता र आत्मनिर्भरता प्रवर्द्धनमार्फत हजारौं आप्रवासीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। यस संस्थाले न्यूयोर्कको सिराक्युज क्षेत्रमा कार्य गर्दै आएको छ र खड्काको नेतृत्वमा RISE ले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा प्राप्त गर्दै आएको छ।

प्रोक्लामेशनमा भनिएको छ: “AAPI हेरिटेज महिनाको अवसरमा मोनरो काउन्टी बासिन्दा बिजय खड्काको अग्रसरता, विविधता, सहिष्णुता र नेतृत्वलाई उच्च सम्मान गर्दै उनलाई समर्पण गरिएको छ।”

मोनरो काउन्टीले खड्काको योगदानलाई स्थायी स्मृति बनाउने उद्देश्यले २०२३ मे २२ तारिखलाई “बिजय खड्का दिवस” घोषणा गरेको हो।

बिजय खड्काको यो सम्मानले विश्वभरका नेपाली आप्रवासीका लागि प्रेरणा दिन्छ। आप्रवासी भएर पनि नेतृत्व, समर्पण र सेवाको माध्यमबाट विश्वव्यापी पहिचान बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण खड्काले पेश गरेका छन्। Global Bhutanes News को तर्फबाट हार्दिक बधाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *