#अन्तर्राष्ट्रिय #विचार #समाचार

धार्मिक जागरणका लागि विश्व भूटानी हिन्दु संगठनद्वारा १० दिने शान्ति ज्ञानमहायज्ञको आयोजना गरिदै

भरत प्रसाईग्लोबल भूट्नीज न्यूज डेस्क, विश्व भूटानी हिन्दु संगठन आयोजनामा विश्व जागरण तथा एकताका लागि ओम सेन्टर दिव्यधाम अमेरिकामा शान्ति ज्ञानमहायज्ञ हुने भएको छ ।

यही जुलाई १६ देखि २५ सम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको विश्व भूटानी हिन्दु संगठनले जनाएको छ ।

विश्वभरी छरिएर रहेका भूटानी हिन्दुहरुलाई संगठित गर्दै धार्मिक जागरण सृजर्ना गर्न महायज्ञ फलदायी हुने बताइएको छ ।

धर्म, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय संस्था विश्व भूटानी हिन्दू संगठनले अमेरिकाको ओहायोमा सामुदायिक कार्यका लागि भौतिक संरचना जुटाएको छ ।

त्यहाँको गेलियन सहरमा रहेको आवश्यक जग्गासहित भवनलगायत संरचना भएको स्थानलाई ॐ सेन्टरका रुपमा स्थापित गरिएको छ ।

संस्थाले श्रीमद्भागवत् महायज्ञदेखि वृहद हिन्दू सम्मेलनलगायत कार्यक्रम गर्दै आएको छ । संस्था विस्तार हुँदै गएर विश्व भूटानी हिन्दू संगठनका रुपमा चिनिएको छ ।

वैदिक सनातन धर्मको संरक्षण र संवर्धन गर्दै भावी सन्ततिलाई हस्तान्तरण गर्ने उद्देश्यले सन् २०१३ मा श्रीहरि संकीर्तन मण्डली, सारलोट स्थापना भएको थियो।

महायज्ञमा ११ देश जनाउने ११ फिट अग्लो घडा प्रर्दशनी, १०८ श्रीमद्वभागवत पाठपारायण,योग ध्यान साधना,कोटी वर्तिका एक करोड दिव प्रज्वलन, प्रतिमाहरुको प्राणप्रतिष्ठा, बैदिक सनातनधर्म सम्बन्धी प्रवचन लगायत विविध कार्यक्रम रहेको ग्लोबल भूट्नजि न्यूजका प्रबन्ध निर्देशक भिम गुरुङले बताउनुभयो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *