बिद्यालयलाई प्रविधी मैत्री बनाउन जिबिओको प्रशंसनीय कदम

मोरङ । वीरेन मगर,
तपाईले विद्यालय अध्ययनरत आफ्ना बच्चाको प्रगति विवरण के कसरी नियाल्दै हुनुहुन्छ ? के घरमै बसीबसी केवल एक क्लिकमा आफ्ना बच्चाको प्रगति विवरण हेर्न मिल्ला ? के यो सम्भव छ ?
पक्कै पनि आजको आधुनिक युगमा यो प्रणाली सम्भव छ । नेपालका थोरै विद्यालयहरूमा मात्र लागु गरिएको यो प्रणालि ग्लोबल भुट्नीज अर्गनाइजेसनले आफुद्वारा सञ्चालित विद्यालयमा अध्ययनरत बालबच्चाका अभिभावकका लागि यो सम्भव गराएको छ ।
ग्लोबल भुट्निज अर्गनाइजेसन जिबीओ द्वारा सञ्चालित श्री जिबीओ स्कुलमा नयाँ सफ्टवेर प्रणाली लागु गरिएको छ । पुर्वी नेपालको मोरङ जिल्ला अन्तर्गत पथरी नगरपालिका वडा न. १० मा रहेको पथरी(शनिश्चरे भुटानी शरणार्थी शिविर भित्र सञ्चालित श्री जीबीओ स्कुलमा उक्त प्रणालि लागु गरिएको हो ।
यस प्रणाली अन्तर्गत अभिभावकले सफ्टवेर एप्लिकेसन डाउनलोड गरेर केवल एक क्लिकका भरमा आफ्ना बच्चाको प्रगती विवरण हेर्न मिल्ने छ । शरणार्थी शिविर भित्र सञ्चालित विद्यालयमा पहिलो पटक लागु गरिएको उक्त सफ्टवेर प्रणालिको मद्दतमा संस्थाले आफ्नो कार्यालयबाटै विद्यालयको सम्पुर्ण गतिविध नियाल्न मिल्ने ग्लोबल भुट्निज अर्गनाइजेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक भिम गुरुङले बताउनु भयो ।
उहाँले विद्यालयको स्तरोन्नतिका लागि विद्यालयमा डिजिटल प्रणाली लागु गरिएको बताउनु भयो । निर्देशक गुरूङले ग्लोबल भुट्नीज न्यूजसँग संक्षिप्त कुरा गर्दै विद्यालयमा इन्ष्टल गरिएको स्फटवेयर प्रणाली बिहिबारबाटै सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभयो ।
निर्देशक गुरुङले विद्यालयमा लागु गरिएको सफ्टवेर प्रणालीले विद्यालय व्यवस्थापन र सञ्चालनलाई छरितो बनाउने विश्वास व्यक्त गर्दै प्रविधीमैत्री सिकाई अभ्यासमा मद्वत पुग्ने बताउनु भयो ।
बिद्यालयमा जिबीओ नेपाल च्याप्टरका प्रमुख अर्जुन उप्रेती , कम्पनी प्रतिनिधी सुमन पोखरेल प्राविधिक टिम लागायत विद्यालयका शिक्षक शिक्षिकाहरु बिच सफ्टवेर प्रणाली सञ्चालनका सम्बन्धमा छलफल सहितको अन्तरक्रिया गरिएको थियो ।
छलफलका क्रममा उठेका प्रश्न र राखिएका जिज्ञासबारे प्रकाश पार्दै टोलीले सफ्टवेर प्रणाली अभिभावक तथा शिक्षक–शिक्षिका माथी अतरिक्त भार बोकाउन नभएर पठनपाठनलाई सहजताका साथ छरितो र प्रभावकारी बनाउन लागु गरिएको जानकारी गराएका थिए । टोलीले डिजिटल प्रणालीले बालबच्चामा मात्र नभएर शिक्षक–शिक्षिकाको सिप विकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।
छलफलपछि विद्दालयमा कार्यरत कर्मचारी तथा शिक्षक शिक्षिका उत्साहित देखिएका थिए । यसै क्रममा स्कुलका इन्चार्ज अमृता राईले आफ्नो विद्यालय प्रविधिमैत्री हुन लागेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
विद्यालयमा कार्यरत शिक्षक कुमार राईले सफ्टवेर प्रणालीको सहयोगमा विद्यालयका जुनसकै कार्य गर्न सजिलो र समयको पनि बचत हुने बताउनु भयो । शिक्षक राईले विद्यालयमा लागु गरिएको उक्त सफ्टवेर प्रणाली चलाउन सजिलो र चाडैँ सिक्न सकिने पनि बताउनु भएको छ ।