चीनले अमेरिकी सामानमा कर बढाएर १२५ प्रतिशत पुर्‍यायाे

चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्‍याएको बीबीसीले जनाएको छ । यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको यो कर भोलि शनिवारदेखि लागू हुनेछ । यस्तै चीनले यदि अमेरिकाले यसपछि पनि कर बढायो भने […]

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले प्रसाईंसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न […]

बिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने

बिर्तामोड, २८ चैत : बिर्तामोडमा ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा चैत्र ३० र ३१ गते प्रतियोगिता हुने भएको हो । वडा नम्बर १ को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै  आयोजक समितिका अध्यक्ष केशब पोख्रेलले विश्वभर व्याडमिन्टन खेलको क्रेज बढ्दै गएकोले बिर्तामोडमा प्रथम […]

सुनको मूल्यमा कीर्तिमान, एकैदिन ५७ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो। बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार ७ […]

आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने

९ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच आज साँझ ५ बजेदेखि वार्ता हुनलागेको हो। शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा धारणा बुझ्न बोलाएका कारण जान लागेको बताइन्। ‘विधेयकको विषयमा मात्र छलफल गर्न मन्त्रालयले हिजो पत्र पठाएको थियो’, उनले भनिन्, ‘विगतमा हामीसँग भएका सहमति नछुटोस् र विद्यालय […]

वर्ष २०८१ : ४ वटा चलचित्रको व्यापार १० करोडभन्दा धेरै, पूर्णबहादुरको सारङ्गीले इतिहास रच्यो

२०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रहेको छ । यस वर्ष प्रदर्शन भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस) मा पूर्णबहादुरकाे सारङ्गीले ४६ करोड ८० लाख कारोबार गरेको तथ्याङ्क छ । यो नेपाली चलचित्रले गरेको व्यापार इतिहासमै धेरै […]

व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको हक हितका लागि काम गर्नेछौँः अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । मिश्र पाँच हजार ५२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गर्नुभयो । मिश्रले दुई हजार ४३१ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । नेपाल बार चुनावमा मिश्रको प्यानलबाट प्यानलबाट २५ मा २५ जना […]

तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । बुधवार सिभिल अस्पतालमा घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रर्दशनका क्रममा घाइते भएका बिरामीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो । उहाँले सरकारले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरिसकेको र सरकार प्रतिवद्ध रहेको बताउनु भयो […]

ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय

२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् । उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् । तर उनले चीनलाई भने यो छूटमा समावेश गरेका छैनन्, बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत […]

बिर्तामोडमा २६ जनालाई कृत्रिम खुट्टा

बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ । भवनको नवनिर्मित माथिल्लो तलाको माधवी व्याङक्वेट हलमा मंगलवार शिविरको आयोजना गरी कोशी प्रदेशभरिका २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो । आर्थिक अभावमा कृत्रिम खुट्टा लगाउन नपाएका मानिस छनोट गरी उनीहरुलाई शिविर […]