आज जनआन्दोलन दिवस

काठमाडौँ, २६ चैतः नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवसमनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस१ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए ।विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमाभएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरुभएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत२६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्नुभएको थियो । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरीजनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।

कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

काठमाण्डौ – काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए […]

केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा लुटपाट

कचनकवल गाउँपालिका–४, केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा लुटपाट भएकाे छ। आइतबार राति करिब ९ बजेकाे समयमा सुनसानकाे फाइदा उठाउँदै लुटेराहरूले घरमा पसेर लाखाैंकाे धनमाल लुटेका हुन्। लुटपाटमा पंडित प्रदीप भण्डारीकाे घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टक खनालकाे घरबाट सुनकाे सिक्री र नगद २० हजार रुपैयाँ तथा लक्ष्मी […]

ताप्लेजुङ स्थित पाथिभरामा छठ समाज सेवा समितिद्वारा भण्डारा, ३३ हजार बढी भक्तजनले ग्रहण गरे भोजन

ताप्लेजुङ । चैत २५,भरत प्रसाई – छठ समाज सेवा समितिको आयोजनामा चैत १७ गतेदेखि सुरु भएको भण्डारा कार्यक्रम आजसम्म आइपुग्दा करिब ३३ हजारबढी भक्तजनहरूले भोजन ग्रहण गरेका छन्।  धार्मिक आस्थाको केन्द्रविन्दु मानिने पूर्वी नेपालकै महत्वपूर्ण तीर्थस्थल माथिल्लो पाथिभरामा आयोजित  भण्डारा कार्यक्रम चैत २५ गते  आजबाट औपचारिक रूपमा समापन भएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुवेदीले जानकारी […]

कुलमानकाे पक्षमा काठमाण्डाैमा प्रदर्शन

काठमाण्डाै – कुलमान घिसिङका समर्थकहरूले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाण्डाैकाे माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् । सरकारले गएकाे चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारकाे निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुग्नुभएकाे थियाे । सर्वाेच्चले उहाँकाे मागमा गएकाे शुक्रवार […]

बार चुनाव : मतगणना भाेलिदेखि

काठमाण्डाै – नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि हिजो मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाण्डाै आइपुग्ने छ भने भोलिदेखि मतगणना शुरू गरिनेछ । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० […]

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी नागरिकले विरोध गरेको यो पहिलो पटक हो । अमेरिकाका सबै ५० राज्यका झन्डै एक हजार दुई सय ठाउँमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । ट्रम्पविरुद्ध बोस्टन, शिकागो, लस एन्जलस, न्युयोर्क र वाशिङ्गटन डीसी लगायतका शहरहरूमा हजारौं मानिस भेला भएका […]

काठमाण्डाैमा शिक्षकहरूको सिठी जुलुस

काठमाण्डाै – शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । गएको बुधवारदेखि काठमाण्डाै केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डाैको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए । यसैबीच शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल […]

रामनवमीको अवसरमा छठ समाज सेवा समितिद्वारा पाउ पाथिभरा भण्डारा कार्यक्रम सम्पन्न

चारआली, २४ चैत— धार्मिक एवं सामाजिक सेवा कार्यमा सक्रिय छठ समाज सेवा समिति बिर्तामोडले यस वर्षको रामनवमीको अवसरमा विशेष भण्डारा कार्यक्रम आयोजना गरेको छ । समितिले चारआली स्थित पावन धार्मिक स्थल पाउपाथिभरामा श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन वितरण गर्ने  उदेश्यले भण्डाराको आयोजना गरिएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुवेदीले जानकारी दिनुभयो । रामनवमी हिन्दू धर्मालम्बीहरूको […]

आज चैते दशैँ पर्व मनाइँदै

काठमाण्डौ – हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । आज अष्टमीको दिनलाई चैते दशैँ र भोलि नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ । चैते दशैँको अवसरमा काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, […]